गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

गुल्मी | बैशाख १४, २०८०

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

गुल्मी:   गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गएराती  दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । 

 

मृत्यु हुनेमा सह-चालक बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

गएराती करिब ११ः४० बजे दर्लिङ्गदेखि बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।

 

यसैगरी सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् ।

 

घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्